बुद्धशान्तिमा सरकारलाई युवाको खबरदारी



 

बुद्धशान्ति– झापाको बुद्धशान्तिमा शनिबार युवाहरुले सरकारलाई खबरदारी गरेका छन् । कोरोना महामारी नियन्त्रणको क्रममा भएको भ्रष्टचार गर्नेलाई कारबाही गर्नुपर्ने तथा पिसिआर परीक्षणको दायर बढाउनु पर्ने लगायतका माग गर्दै बुधबारे बजार परिक्रमा गरिएको थियो ।

युवाहरुले सरकारले गरेको गलत कदम विरुद्ध लेखिएको प्लेकार्ड सहित खबरदारी गरेका हुन । नागरिकलाई कोरोनाबाट जोगाउन सरकारले सहि कार्ययोजना ल्याउन नसकेको भन्दै बिभिन्न प्लेकार्ड बोकेका युवाहरुले सरकारलाई प्रदर्शन गर्दै खबरदारी गरेका हुन् ।

लगातार दुई महिना भन्दा बढि लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै स्वतन्त्र युवाहरु स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका हुन ।

प्रदर्शनमा युवा गजुहाङ योङहाङ, सन्जय निरौला, गणेश खरेल, नरेश लावती लगायतले आ- आफ्नु भनाई राखेको कार्यक्रमलाई बिनोद रिजालले सहजीकरण गरेका थिएभने संचालन गोकुल पौडेलले गरेका थिए ।