सरकारले घटायो बिजुलीको महसुल



झापा– सरकारले बिजुलीको महसुल घटाएको छ । विद्युत् नियमन आयोगको सिफारिस अनुसार नेपाल विद्युत् प्राधिकरणले नयाँ महसुल दर कायम गरेको हो । असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरिएको विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए ।

अब सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ तिर्नुपर्ने छ । यसरी हेर्दा प्रतियुनिट शुल्क तीन रुपैयाँ कायम भएको छ ।

२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिटका दरले विद्युत महसुल तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने व्यवस्था गरिएको छ ।