नायिका वर्षा सिवाकोटीलाई किन भयो ‘डिप्रेसन’



 

 

अभिनेत्री वर्षा शिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा हुने विभेदकै कारण आफू पनि केही समय डिप्रेसनको सिकार भएको बताएकी छन् । नेपाली चलचित्र उद्योगमा नातावाद, कृपावाद, समूहवाद, गुटबन्दी फस्टाएको अभिनेत्री वर्षाको कथन छ ।

सबै क्षेत्रमा नातावाद, गुटवाद फस्टाएको भए पनि चलचित्र क्षेत्रमा भने स्पष्ट देखिने गरेको र यही नातावाद र गुटबन्दीका कारण बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेको पनि यी अभिनेत्रीको कथन छ ।

उनले मंगलबार फेसबुकमा एउटा स्टाटस लेख्दै आफूले केही समयअघि यो समस्या सामाजिक सञ्जालमा उठाउँदा निकै दबाब खेप्नु परेको बताएकी छन् ।

आफूजस्तै यहाँ धेरै जना हेपिएको तथा गुटबन्दीको सिकार भएको उनको ठहर छ । यस्ता विषयमा बोल्दा भोलि करिअरमै असर पर्न सक्छ भनेर धेरै जना मौन बस्न बाध्य भएको पनि अभिनेत्री शिवाकोटीले बताएकी छन् ।