कोरोनाको त्रास : भारतमा एकै दिन दुई हजार जनाको मृत्यु



 

झापा– कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा भारतमा दुई हजार भन्दाबढी मानिसको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । भारतमा अहिले तीन लाख ५४ हजार ६५ जना कोरोना भाइरसका संक्रमित छन् । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेको जनाइएको छ ।