पल, बलु र रियाशाको धमकेदार म्युजिक भिडियो बजारमा



 

कोरोना नियन्त्रण र रोकथामका लागि भएको लामो लक डाउनपछि पल शाह, सागर लम्साल ‘बले’ र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

बन्दाबन्दी खुकुलो भएपछि भौतिक दूरी कायम गरेर निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन् ।

दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओली स्वर छ । गीतको शब्द गायक ओली आफै‌ँले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन् ।

विक्रम स्वाँरको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतीप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश दिएको छ ।