स्थानीय पूर्वाधार विकासको रकम कोरोना उपचारमा खर्च गरिने



 

झापा–सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोरोना रोकथाम तथा उपचारका लागि खर्च गर्ने भएको छ । असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम सम्बन्धित स्थानीय तहमा कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली, २०७७ स्वीकृत गरी खर्च नभएको रकम कोभिड– १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरिएको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार आर्थिक वर्ष ०७६÷७७ मा छुट्याइएको रकममध्ये खर्च नभएको रकम १५ असारभित्र सम्बन्धित स्थानीय तहमा रहेको कोभिड– १९ व्यवस्थापनका लागि खोलिएको खातामा जम्मा गर्नुपर्नेछ ।