आधारभूत स्वास्थ्य सेवामा स्थानीय तहको भूमिका



पुष्कर निरौला

आधारभुत स्वास्थ्य सेवालाई जनतासम्म पुर्याउने, कार्यान्वयन गर्ने एकल अधिकारको रुपमा स्थानीय सरकारको भूमिका रहने हुँदा अहिलेको कोरोना भाइरस संक्रमणको विषमपरिस्थितिमा स्थानीय तहले खेलेको भूमिका उच्च रहेको सबैले महसुस गरेको अवस्थामा स्वयम् स्थानीय तहले स्वास्थ्यको महत्व र यसलाई दिनुपर्ने प्राथमिकता पनि बढ्दै गएको छ ।

आगामी आ. ब. २०७७।०७८ मा स्थानीय तहमा बजेट निर्माण प्रक्रिया पनि शुरु भएको छ । त्यसकारण आगामी आ. ब. को बजेट कार्यक्रम तयार गर्ने क्रममा आधारभूत स्वास्थ्य सेवा कार्यान्वयनलाई केन्द बिन्दुमा राखी हालसम्म भएका उपलब्धिलाई घट्न नदिन र मातृ स्वास्थ्य, बाल स्वास्थ्यको अवस्थालाई प्रवद्र्धन गर्दै देखा परिरहने सरुवा रोग, बढदै गएको नसर्ने रोग, दुर्घटना, आकस्मिक उपचार, निशुल्क औषधि, भौतिक पूर्बाधारको व्यबस्था, विभिन्न महामारीको रोकथाम तथा नियन्त्रणको तयारी– आदि क्षेत्रलाई ध्यानमा राखी नीति बजेट निर्माण र कार्यान्वयन गर्र्नु आजको आवश्यकता हो ।

अतः अब ‘स्वास्थ्य’ स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी हो भन्ने पुरानो मनोविज्ञानलाई परिवर्तन गरी बाटो, गिटी बालुवा र कल्भर्ट मात्र विकास हो भनी बजेट छर्ने परिपाटी निरुत्साहित गरी जनताले प्रत्यक्ष अनुभव गर्नसक्ने र गुण्स्तरिय स्वास्थ्य सेवामा सबै वर्गको पहुँच हुने र खर्च धान्न सक्ने स्वास्थ्य सेवाहरु कार्यान्वयन गर्नुपर्ने आजको मुख्य चुनौती हो । आ. व. २०७७ ।०७८ को केन्द्रीय बजेट आइसकेको अवस्था छ ।

बजेटमा अस्पताल, जनशक्ति, भौतिक निर्माण तथा उपचारमा जोड दिएको छ भने अब स्थानीय सरकारले आधारभूत स्वास्थ्य सेवा कार्यन्वयन तथा रोकथामका चरणहरुको प्रयोग, स्वास्थ्य प्रवद्र्धन तथा जनचेतनामूलक जनस्वास्थ्यका कार्यक्रमहरु र महामारी विपद व्यवस्थापनका तयारी आदिमा केन्द्रित हुनुपर्ने देखिन्छ भने जनताको आफनै गोजीबाट उपचारमा हुने खर्चलाई कम गर्दे लानु पर्दछ र Best Buy अवधारणामा आधारित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने छ । सोही विषयवस्तुमा रहेर आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित अहिलेको अवधारणा र प्राथमिकता प्राप्त कार्यक्रमलाई प्रस्तुत गरेको छु ।

नेपालको सबैधानिक व्यवस्थाअनुसार स्वास्थ्य सम्बन्धी हक —
क) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन ।
ख) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।
ग) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।
घ) प्रत्येक नागरिकलार्ई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।

आधारभूत स्वास्थ्य सेवा अन्र्तगत– वहिरंग सेवा, निशुल्क औषधि, स्वास्थ्य शिविर, स्वास्थ्य अभियान, महिला स्वास्थ्य स्वयम्सेविका, गाउँघर क्लिनिक अन्य सेवा (विभिन्न १५ प्रकारको सेवाहरु) अन्तर्गत बिशेषत बाल स्वास्थ्य, मातृ स्वास्थ्य, पोषण सेवा तथा रोग नियन्त्रण लगायतका सेवाहरु रहेका छन् । हाल ३१ वटा सेवा विभन्न तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएको छ । यसअन्तर्गत बहिरंग सेवा, अन्तरंग सेवा (जिल्ला अस्पताल), प्रयोगशाला सेवा, निशुल्क औषधि, समुदायस्तरीय सेवा तथा अन्य सेवा पर्दछन् । तर आधारभूत स्वास्थ्य सेवालाई संविधानमा भएको व्यवस्थाअनुरुप ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेछ ।

हाल नेपालमा निम्न आधारभूत स्वास्थ्य सेवाहरु उपलब्ध गराइँदै आएको छ —
 बाल खोप (११ वटा रोगविरुद्ध) बीसीजी, पोलियो, निमोनिया, डी.पी.टी. Hib, Hepatitis B -Pentavalent, दादुरा, रुबेला, Japanese Encephalitis
 अत्यावश्यक नव शिशु स्याहार तथा रोग व्यवस्थापनः संक्रमण, शितांग, कम तौल, जन्डिस, नाभीको स्याहार ।
 पोषण बृद्धि अनुगमन, सुआहारा, सुनौला १००० दिन, शिशू तथा बाल्यकालीन पोषण ।
 एकीकृत बालरोग व्यवस्थापन : एकीकृत बाल तथा नवजात रोगको व्यवस्थापनः निमोनिया, मलेरिया, झाडा पखाला, कुपोषण तथा दादुरा ।
 सुरक्षित मातृत्व सेवा : गर्भवती जाँच सेवा, सुरक्षित सुत्केरी, सुत्केरी सेवा, जटिलतायुक्त सुत्केरी व्यवस्थापन Ceseariansection न्यानो झोला, रक्त सञ्चार, PMTCT सुरक्षित गर्भपतन सेवा ।

 परिवार नियोजन सेवाः परिवार नियोजन (कण्डोम, पिल्स, कपर टी, इम्प्लान्ट, भ्याक्सेक्टोमी, मिनील्याप ।
 परामर्श सेवाः पोषण सम्बन्धी परामर्श तथा व्यवस्थापन, आइरन, फोलिक एसिड, क्याल्सियम, भिटामिन ए ।
 गर्भवतीलाई अन्य सेवाः टीटी खोप, जुकाको औषधि ।
 अन्य सेवाहरूः अत्यावश्यक औषधिहरु तथा निदानात्मक सेवा लैंगिक हिंसा व्यवस्थापन, अपाङ्गता व्यवस्थापन, आकस्मिक सेवा, साधारण चोटपटक तथा सामान्य शल्यक्रिया ।
 महामारी तथा सर्ने–नसर्ने रोग नियन्त्रण ।
पूर्ण स्वास्थ्य अवस्थाः विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्ति पूर्ण स्वस्थ रहनका लागि निम्नानुसारका ४ क्षेत्रहरुमा नै स्वस्थ रहन आवश्यक छ ।
१) शारीरिक स्वास्थ्य २) मानसिक स्वास्थ्य ३) सामाजिक स्वास्थ्य ४) भावनात्मक स्वास्थ्य
स्वास्थ्य सेवाहरुः स्वास्थ्य सेवालाई निम्न ५ प्रकारमा बिभाजन गरिएको छ ।
प्रवद्र्धनात्मक स्वास्थ्य सेवः स्वास्थ्यको अवस्थालाई अझ माथि उकास्न प्रदान गरिने सेवाहरु जस्तै : स्वास्थ्य चेतना, शारिरिक व्यायाम, पोषण, परिवार नियोजन सेवा आदि ।
१ प्रतिकारात्मक सेवाः स्वास्थ्य रक्षाको लागि गरिने, रोग नलागोस् भनेर गरिने क्रियाकलापहरु जस्तै : खोप सेवा, सरसफाई आदि ।
२ उपचारात्मक सेवाः रोग लागेपछि गरिने रोगको उपचार गर्ने सेवा यसअन्तर्गत पर्दछ । औषधि उपचार, शल्यक्रिया, ओपीडी ।
३ पुनस्र्थापनात्मक सेवाः क्षति हुनबाट रोक्ने तथा शारीरिक,मानसिक, व्यावसायिक तथा सामाजिक रुपमा पुनस्र्थापन गर्ने कार्य ।
४ प्रशामक सेवा : जटिल प्रकृतिका रोगहरुको कारण जीवनको अन्तिम अवस्थामा तथा बृद्ध अवस्थामा गरिने स्याहार तथा जीवन, दुखाइ तथा मृत्यु सहजीकरण गर्न दिइने सेवाहरु ।

नेपालमा देखा परेका स्वास्थ्य समस्याहरु : नेपालमा हाल विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा परिरहेका छन् । सर्ने रोगहरु सँगसँगै नर्सर्ने रोगहरुको अवस्था तथा जीवनशैलीमा आधारित रोगहरुको प्रकोप बढ्दै गएको छ भने मृत्युको मुख्य कारण नसर्ने रोग रहेको हुँदा यस लेखमा नसर्ने रोग सम्बन्धी चर्चा गरिएको छ ।

—जीवनशैलीमा आधारित रोगहरूको उच्च प्रकोप ।
—समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा बृद्धि ।
अकाल मृत्यु र अपांगतामा बृद्धि ।
— जीवनशैलीमा सामान्य परिवर्तनबाट यो अवस्थालाई आफैले रोक्न र घटाउन सकिन्छ ।
— एक तिहाई जनसंख्यामा हाइपरटेन्सन र १५५ मा मधुमेह ।
— ४४५ मृत्यु र ८०५ बहिरंग बिरामीको कारक NCD

— हरेक वर्ष ८ देखि १० हजार क्यान्सरका नयाँ बिरामी ।
— बहिरंग बिरामीतर्फ : ४३५ COPD (श्वासप्रश्वासका दीर्घरोगी), ४०५ मुटुरोगी, १२५ मधुमेह र ५५ क्यान्सर ।
— सुर्तीजन्य पदार्थको प्रयोग :
— १८.५५ जनसंख्याले धुम्रपान गर्ने । दक्षिण एसियामै धेरै महिला धुम्रपानकर्ता (१५५)
— मद्यपानः १७५ जनसंख्याले मद्यपान ।
— १८५ मा मोटोपना, ४५ अति मोटो ।
— वातावरणीय पक्षः ग्रामीण भेगमा ७४५ घरपरिवारमा दाउरा गुइँठा आदिको प्रयोगः शहरी क्षेत्रमा घरबाहिर वायु प्रदुषण ।
— खाद्यवस्तु । अत्यधिक विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिन शैली ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका प्रयासहरु —
– नीतिगत प्रयास ।
–सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ।
– मदिरा, सूर्तीजन्य पदार्थ, चिनीयुक्त पदार्थ प्रयोगमा कमी ल्याउन करबृद्धिको योजना ।
– वायु प्रदुषण घटाउने कार्ययोजना ।
– पानीको गुणस्तर सुधार्न भइरहेका प्रयासहरू ।
–बहुक्षेत्रीय सडक सुरक्षा कार्ययोजना ।
– मानसिक स्वास्थ्य नीति ।
– विद्यालयमा सामुदायिक नर्सको अवधारणा ।
– विपन्न नागरिक उपचार सहायता : कडा रोग ८, निशुल्क डायलाइसिस सेवा र निशुल्क मृगौला प्रत्यारोपण ।
– बाथ, मुटुको भल्भ शल्यक्रिया निःशुल्क ।
– मुटु र क्यान्सरको उपचार सेवा विस्तार, काठमाडौंबाहिर डायलासिस सेवा विस्तार ।
– सबै स्वास्थ्य चौकीसम्म निःशुल्क मृगौलाको प्रारम्भिक परीक्षणका लागि Dip Stick Test
– ७७ जिल्लामा निःशुल्क VIA Screening
– ५० बढी अस्पतालमा फार्मेसी स्थापना ।
– काठमाडौमा जनता स्वास्थ्य केन्द्र स्थापनाका लागि सम्झौता : क्रमश सवै नगरपालिकामा विस्तार गर्ने ।
– आधारभूत तहमा नसर्ने रोग व्यवस्थापन PEN protocol कार्यक्रम लागू गर्दै लगिएको छ ।

रोकथामका उपाय तथा प्रयासहरुः
– कुनै पनि प्रकारको सूर्तीजन्य पदार्थ सेवन नगर्नु वा गर्न छोड्नु तपाईले आफ्नो स्वास्थ्यको लागि गर्न सक्ने सबैभन्दा उत्कृष्ट निर्णय हो। धुम्रपानले लगभग शरीरको हरेक हिस्सामा हानि गर्छ ।
– सूर्ती र चुरोट मुख र फोक्सोको क्यान्सर, मुटुरोग, स्ट्रोक, COPD लगायतका अरू पनि थुप्रै रोगहरूको कारक हो ।
– सूर्तीजन्य पदार्थ सेवनको बानी छोडे लगत्तै शरीर स्वस्थ हुन थाल्छ । श्वासप्रश्वास, रक्तचाप आदिमा केही समयमा नै सुधार देखिन थाल्छ ।
– सूर्तीसेवनरधुम्रपान त्याग्न सजिलो छैन तर सम्भव छ ।
– जुतिसुकै मात्रामा रक्सी सेवन गरे पनि यसले स्वास्थ्यलाई फाइदा गर्दैन । रक्सी पिउंँदै नपिउनूस् ।
– पिउने बानी छ भने परिवार र साथीभाइको समेत सहयोग लिएर छोड्ने प्रयास गर्नूस् । अझ चिकित्सक वा पुनस्र्थापना केन्द्र -Rehab_को सहयोग लिन पनि अफ्ठ्यारो नमान्नूस्।
– रक्सी सेवन नगर्दा र छोड्दा रक्तचाप सुधार हुने, कोलेस्टेरोल घट्ने, आदि स्वास्थ्यलाई फाइदा त छँदैछ – खर्च पनि निकै जोगिन्छ ।
– नियमित व्यायाम गर्दा स्वस्थ र तन्दुरुस्त हुन मद्दत गर्छ, तौल र बोसोको मात्रा नियन्त्रण, मुटुरोगको सम्भावना न्यून, मधुमेहको सम्भावना न्यून, मांसपेशी र हड्डी बलियो, मानसिक स्वास्थ्यमा सुधार हुन्छ ।
– बालबालिकालाई व्यायामको बानी बसाल्नुपर्छ ।
– १८–६४ वर्षको हुनुहुन्छ भने दैनिक कम्तीमा ३० मिनेट हल्का व्यायाम र थप कम्तीमा १५ मिनेट कडा व्यायाम गर्नूस् । हल्का व्यायाम – श्वास केही मात्र फुल्ने, कडा व्यायाम – श्वास फुलेर निरन्तर बोलिरहन अफ्ठ्यारो पर्ने ।
– उमेर ढल्केपछि वा बिरामीर गर्भवती हुँदा भने शारीरिक अवस्था हेरेर चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नूस् ।
– स्वच्छ, पोषणयुक्त र सन्तुलित खाने बानीले सबै प्रकारका कुपोषणका साथै थुप्रै नसर्ने रोग रोकथाम गर्छ।
– स्वच्छ खाना खाऔं, सफा, राम्रोसँग पकाएको र सकेसम्म स्थानीय उत्पादन खाने गरौँ ।
– सन्तुलित खाना खाऔं, हरेक दिनको खानामा फलफूल र हरियो सागसब्जी, दाल र गेडागुडी, माछा, मासु, अण्डा वा दूधजन्य खानेकुरा नछुटाऔं ।
– तेल घिउको प्रयोग थोरै मात्रामा गरौँ । आयोडिनयुक्त नून प्रयोग गर्ने र नूनको प्रयोग थोरै मात्रामा गरौँ । धेरै गुलिया र चिल्ला खानेकुराको उपभोग कम मात्रामा गरौँ ।
– हरेक दिन पटक पटक गरी पर्याप्त मात्रामा सफा पानी पिउने गरौँ ।
– सबै कुराको संधै सन्तुलन मिलाउन शुरुमा गाह्रो हुन सक्छ तर प्रयास गर्न थाले विस्तारै स्वस्थ खानपिनको बानी बस्दै जानेछ ।
– नियमित स्वास्थ्य चेकजाँचको उद्देश्य रोगको लक्षण देखिनु अगावै शुरुवाती चरणमै रोग पत्ता लगाउनु हो ।
– कम्तीमा यी टेस्टहरू नियमित रूपमा गरौँः रक्तचाप, ब्लड ग्लुकोज, शारीरिक वजन (-body mass index), पिसाब डीपस्टिक र रगतमा चिल्लोको मात्रा (lipid profile)
– आफ्नो स्वास्थ्यका सूचकहरूमा सुधार वा बिगार के हुँदैछ, त्यो निगरानी गरौँ ।
– परिवारका सबैको मेडिकल हिस्ट्री याद राख्ने र चिकित्सकसँग त्यसबारे नियमित सल्लाह गरौँ ।
– आफ्नो, परिवारको र समुदायको स्वास्थ्यप्रति सधैँ सजग र प्रतिवद्ध रहने ।
– आफूजस्तै परिवारका सदस्यहरू आफुले काम गर्ने स्थानमा सवैलाई स्वास्थ्यप्रति सचेत रहन उत्प्रेरित गर्ने ।
प्रमुख ४ नसर्ने रोगहरु
– मुटु तथा रक्तनलीका रोग (कोरोनरी रक्तनलीको रोग : हृदयघात, मस्तिष्कघात) ।
– मधुमेह ।
– दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र दम ।
– क्यान्सर (स्तन र पाठेघरको मुखको) ।
नसर्ने रोगका कारक तत्वहरू
– धुम्रपान तथा सूर्तीजन्य पदार्थको प्रयोग ।
– अस्वस्थकर खानपिन ।
– अपर्याप्त शारीरिक क्रियाकलाप वा व्यायाम ।
– मद्यपान ।
सामाजिक स्वास्थ्य सुरक्षा :
– यसअन्तर्गत आधारभूत स्वास्थ्य सेवाबाहेकका अन्य स्वास्थ्य सेवाहरू पर्दछन ।
– सामाजिक स्वास्थ्य सुरक्षाका संयन्त्रमाफर्त प्रदान गरिन्छ ।
हालको प्रावधान
१ स्वास्थ्य विमा ।
२ विपन्न नागरिक औषधि उपचार कोष कार्यक्रम ।
३ सामाजिक सेवा इकाईमार्फत निःशुल्क स्वास्थ्य सेवा ।
४ निजी अस्पतालमा १० प्रतिशत रकम गरिब, असहाय, बेवारिसे र विपन्नको लागि छुट्याउने व्यवस्था ।

स्वास्थ्य बिमा कार्यक्रमः स्वास्थ्य बिमा कार्यक्रमबाट ५ जनाको परिवारले वार्षिक रु ३५००।  बुझाएपछि रु १,००,०००।– सम्मको सेवा लिन सकिन्छ भने ७० वर्षमाथिका जेष्ठ नागरिकले बिनाशुल्क रु. १,००,०००।– सम्मको सेवा पाउने प्रावधान रहेको छ । विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल तथा निजी अस्पतालहरुबाट बिमाको सेवा प्रदान गरिदै आएको छ भने सबै स्थानीय तहमा कम्तीमा पहिलो तहको बिमा कार्यक्रम लागू गर्नु आजको आवश्यकता बनेको छ ।

(जन स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखा प्रमुख हल्दिबारी गाउँपालिका)