स्करपिओको ठक्करले कानेपोखरीमा तीन जनाको मृत्यु



 

पथरी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा गएराति भएको दर्घटनमा तीन जनाको मृत्यु भएको छ । स्कोरपिओ भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपीओको ठक्करबाट तीन जनाको जन गएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए।

स्कोरपिओले सुरुमा पैदल यात्री महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ। त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताए।

ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा गएराति १० बजे मृत्यु भएको गिरीले जानकारी दिए।

गाडी चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरी नियन्त्रणमा लिएको छ ।