साँवाको पहलमा १२ परिवारलाई घर मर्मत खर्च



 

बिर्तामोड–प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बूको अग्रसरतामा झापाको शिवसताक्षी–४ का १२ परिवारले घर मर्मत खर्च पाउने भएका छन् । एकल महिला, बृद्ध,असक्त, अपाङ्ग र पिछडिएको समुदाय तथा विपन्न १२ परिवारलाई घर मर्मत खर्च दिने तयारी भएको हो ।

मर्मत खर्च पाउने गरी छनोट भएकाहरुमा वडा नम्वर–४ का टेवा राजवंशी, इन्द्रमाया राई, इन्द्रवती माझी, सीता मोची, जानकी पासवान, कल्ली ताजपुरिया, पार्वती ताजपुरिया, टालो ताजपुरिया, बुद्धि टुडु, लासो ताजपुरिया, बजारी राजवंशी र रमादेवी पासवान पासवान छन् ।

प्रतिपरिवार ५० हजारका दरले घर मर्मत खर्च दिने गरी नाम छनोट गरिएको सांसद साँवाका स्वकीय सचिव सिकिन पासवानले बताए । त्यसका लागि १२ लाख रुपैयाँ प्राप्त भएको पासवानले जानकारी दिए ।

२०७६/७७ को लागि सहरी विकास मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत उनीहरुलाई घर मर्मत खर्च दिन लागिएको हो ।