टप्पु र जनता टोलमा माइखोलाको कटान



 

बिर्तामोड– माई खोलाले झापा गाउँपालिकाको टप्पु र जनता टोलमा कटान गरेको छ । वडा नम्वर–७ का ती टोलको सुरक्षाका लागि जनताको तटबन्ध कार्यालयले तटबन्ध बनाएको थियो ।

वर्षापछि आएको बाढीले २२५० मिटर लामो जनताको तटबन्धनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थप क्षति रोक्न प्रहरी परिचालन गरिएको डीएसपी राकेश थापाले बताए । त्यहाँ स्थानीयसँगै नेपाल र सशस्त्र प्रहरी खटिएका छन् ।

कटान रोक्न छेकबार भइरहेको छ । जेसीबी समेतको प्रयोग गरेर कटान रोक्न पहल थालिएको डीएसपी थापाले बताए । मानवीय तथा पशु चौपायाको क्षति नभए पनि कटान जारी रहे बस्ती खतरामा पर्नेछ ।