१२ हजार नाघ्यो कोरोना भाइरस संक्रमितको संख्या



 

झापा– नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये १२० जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले शनिवार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नयाँ थपिएकासँगै संक्रमितको संख्या १२३०९ पुगेको बताए । नेपालका ७७ वटै जिल्लामा संक्रमण फेला परेको डाक्टर गौतमले जानकारी दिए । शनिवारसम्म २८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।