२४ घण्टामा थपिए ४६३ जना कोरोना संक्रमित



 

झापा– नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीमध्ये १५५ जना महिला छन् । आइतवार आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मनत्रालयले यो जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितको संख्या थपिँदै गएको बताए । नयाँ थपिएकासँगै नेपालमा कोरोना भाइरस संक्रमितको १२७७२ संख्या पुगेको छ ।

संक्रमितमध्ये आइतवारसम्म २५५ महिला र २७५८ पुरुष अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका छन् ।