‘बिर्तामोडमा समुदायमा छैन कोरोना संक्रमण’



 

बिर्तामोड– विर्तामोड नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पुष्टि भएको छ । बिर्तामोड–७ का एक जना भारतको चेन्नइबाट आएर घरमै बसेकोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस्तो अवस्थामा समुदायमा कोरोना संक्रमण भएकोे हुनसक्ने भन्ने आशंका भएको थियो ।

कोरोनाको संक्रमणबाट समुदायलाई बचाउन नगरका सबै वडामा क्वारेन्टाइन बनाउने निर्णय गरेको उपमेयर पवित्रा महताराले बताइन् । ‘समुदायमा कोरोना संक्रमण भएकोे हुनसक्ने आशंकाले ८ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएर नगरले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

विर्तामोड नगरका कोरोना फोकल पर्सन ओम खड्काले कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जनामा संक्रमण नभएको बताए । विर्तामोड नगर क्षेत्रमा विदेशबाट आएका २ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा अहिले उपचार भइरहेको छ ।