२४ घण्टामा ४८२ जनामा कोरोना संक्रमण



 

झापा– नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नयाँ थपिएकासँगै संक्रमितको संख्या १४०४६ पुगेको बताए । अहिलेसम्म ४६५६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा ६२३ जना संक्रमित छन् ।