तनावका बीच प्रधानमन्त्री ओली अस्पताल भर्ना



 

काठमाडौँ–प्रधानमन्त्री केपी ओली बुधवार अपरान्ह अस्पताल भर्ना भएका छन्। नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समिति बैठकको तनावका बीच ओली अस्पताल भर्ना भएका हुन्। प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सहिद गंगालाल हृदयरोग केन्द्र भर्ना भएको बताए ।