एकका लागि एक’ अभियानमा बुधबारे जेसीजको साथ



विर्तामोड । ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी सहयोग जुटिरहेको छ ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी बुधबारे जेसीजले पनि सहयाेग गरेकाे छ । जेसीजले हिजाे ११ हजार रुपैयाँँ सहयोग गरेको हो ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी र ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राई, पुर्व अध्यक्षहर फडिन्द्र चापागाईं, सेवन्त पोख्रेल, प्रकाश भण्डारी, कार्यकारिणी उपाध्यक्ष जेसी गजुहाङ योङहाङ, सचिव जेसी अनिल वाग्ले लगायतको उपस्थिति थियो ।