रतुवा खोलाले बगाउँदा राईको मृत्यु



दमक–झापाको कमल गाउँपालिकामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाउँदा टुक्रेका पुष्प राईको मृत्यु भएको हो ।

खोलाबाट दाउरा निकाल्ने क्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । राईलाई बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको प्रहरी टोलीले राईलाई खोला किनारमा मृत फेला पारेको हो ।