तीनवटा पालिकालाई युएन ह्याविट्याटद्वारा सरसफाइ सामग्री



 

भद्रपुर–झापाका तीनवटा स्थानीय तहमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको युएन ह्याविट्याटले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरसफाइ सामग्री वितरण गरेको छ ।

संस्थाको ग्लोबल स्यानिटेशन फण्डअन्तर्गत झापाको कमल र गौरीगञ्ज गाउँपालिका तथा विर्तामोड नगरपालिकालाई मास्क, स्यानिटाइजरलगायतका सरसफाइ सामग्री वितरण गरिएको हो ।

झापामा पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक सोम आचार्यले सबै स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको बताए ।

उनका अनुसार वितरित सामग्रीमा मास्क, स्यानिटाइजर, हात धुने साबुन, बाल्टी, ह्याण्ड वास, ग्लोब्स, फोहार फ्याँक्ने डस्टविन रहेका छन् ।