राधा माधव समिति र डिभाइन युथद्वारा रक्तदान



बिर्तामोड– गुरुपूर्णिमाको अवसर पारेर राधा माधव समिति नेपाल विर्तामोड शाखा र डिभाइन युथ क्लव नेपाल विर्तामोड शाखाको संयुक्त आयोजनामा रक्तदान भएको छ ।

झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान गरिएको राधा माधव समिति नेपाल विर्तामोड शाखाकी अध्यक्ष अर्चना थापाले वताइन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

कार्यक्रममा २० जनाले रक्तदान गरेको राधा माधव समिति नेपाल विर्तामोड शाखाकी सदस्य दुर्गा ढकालले जानकारी दिइन् । कार्यक्रममा पञ्चममूल जगतगुरु श्रीकृपालुजी महाराजको पूजा अर्चनासहित साधना गरिएको शाखाका सदस्य चन्द्रकान्त ढकालले बताए ।