२४ घण्टामा थपिए १८० जना कोरोना संक्रमित



 

झापा– नेपालमा पछिल्लो २४ घण्टामा १८० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितको संख्या १५९६४ जना पुगेको बताए । प्रदेश १ मा ७१० जना संक्रमित छन् । कोरोना संक्रमणबाट हालसम्म ३५ जनाको मृत्यु भएको छ । ६८११ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।