सरकारमा जान इच्छुक छैन कांग्रेस



 

नेपाली कांग्रेसले सरकारमा नजाने जनाएको छ । उसले पाँच वर्ष प्रतिपक्षमा बस्न जनताले दिएको जनादेशबाट पछि नसर्ने जनाएको हो ।

आन्तरिक कलह चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव राखेको समाचार सार्वजनिक भएपछि कंग्रेसले सरकारमा जाने कुनै इच्छा नभएको जनाएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस कुनैपनि हालतमा सरकारमा नजाने बताउनुभयो । प्रवक्ता शर्माले कांग्रेस सरकारमा जान्छ कि भनेर चिन्ता नगर्न कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नुभएको छ।