हल्दिबारीका अध्यक्ष उपाध्यक्ष वार्तामा



 

झापाको हल्दीबारी गाउँपालिकामा देखिएको विवाद समाधान गर्न गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष छलफलमा बसेका छन् । अध्यक्ष रविन्द्र लिङ्देन  र उपाध्यक्ष डम्बर गिरीबीच छलफल सुरु भएको हल्दिबारी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा भएको घटनालाई आपसमा छलफल गरी टुंग्याउने विषयमा अध्यक्ष र उपाध्यक्ष सहमत भएका छन् । आगामी  वर्षको नीति तथा कार्यक्रमका विषयमा विवाद भएपछि आरोप प्रत्यारोप सुरु भएको थियो । आपसी समझदारीका आधारमा अघि बढ्ने विषयमा अध्यक्ष र उपाध्यक्ष बीच छलफल भएको जनाइएको छ ।