बिर्तामोडका दुई जनामा कोरोना पुष्टि



 बिर्तामोड– झापाको बिर्तामोडका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुबई र साउदी अरबबाट फर्केका दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु विर्तामोडको कञ्चनजङ्घा इन्स्टिच्युट क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यसअघि बिर्तामोड सातका एकजना महिला र पुरुष तथा वडा नम्बर ५ का  एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । आजै झापाको मेचीनगर २ का एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको  छ । गौरीगञ्जमा पनि एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।