कांग्रेसको अधिवेशन कार्यतालिका हेरफेर



 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको तल्ला कार्य समितिहरूको अधिवेशन कार्यतालिकामा परिमार्जन गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको हो।

कोरोना महामारीका कारण पूर्वनिर्धारित कार्यतालिका अनुसार अघि बढ्न नसकेपछि कार्यतालिका परिवर्तन गर्नु परेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेपाली कांग्रेसको बैठकको निर्णय अनुसार पुष ६ गते गाउँ नगर वडा अधिवेशन हुनेछ  । पुस ८ गते गाउँ नगरपालिका अधिवेशन हुनेछ भने पुस ११ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । माघ ६ गते गते प्रदेश अधिवेशन गर्ने कांग्रेसको तयारी छ भने फागुन ७,८,९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ।