३८० वटा म्यानपावर बन्द हुँदै



 

अहिले सञ्चालनमा रहेका ३८० वटा म्यानपावर कम्पनी बन्द हुने भएका छन् ।  दुई आर्थिक वर्षमा लगातार  एक सय कामदार पठाउन नसकेको पाइएपछि  रोजगार कम्पनी सरकारले खारेज गर्ने तयारी सरकारले गरेको हो ।

सरकारले वैदेशिक रोजगार विभागमार्फत एक सय कामदार पठाउन सक्ने कम्पनीको मात्रै नवीकरण  गर्दै आएको छ । असार मसान्तसम्म नवीकरण नहुने कम्पनीले कामदार पठाउन नपाउने वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईंले बताएका छन् ।

बैदेशिक रोजगार ऐन अनुसार १०० कामदार नपठाउने कम्पनीको नवीकरण गर्न नमिल्ने गुरागाईले जानकारी दिए  ।