महिला नेतृ सरिता गिरी माथि कारबाहीको सिफारिस



 

महिला नेतृ सरिता गिरी माथि कारवाही हुने भएको छ । समाजवादी पार्टीको कार्यदलले महिला नेतृ गिरीलाई कारबाही गर्न सिफारिस गरेको हाे ।

लिम्पियाधुरा कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

पक्षमा मतदान गर्न निर्देशन दिएपनि त्यसलाई अस्वीकार गरेकाले गिरीमाथि कारबाहीको प्रक्रिया अघि बढेको हो।

गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले माहासचिव रामसहाय प्रसाद यादवको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।