प्रदेश सरकारको बेवास्ता : जनकपुरको परीक्षण प्रयोगशाला वन्द



 

जनकपुर– प्रदेश सरकारको बेवास्ताका कारण जनकपुरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बन्द भएको छ । परीक्षणका लागि चाहिने आवश्यक सामग्रीको अभावमा प्रयोगशाला बन्द भएको हो।

यसअघि प्रयोगशालाले गलत रिपोर्ट दिएपछि पटक-पटक बन्द हुँदै आएको थियो । लेखा र स्टोरका कर्मचारीले असहयोग गरेकाले परीक्षणका लागि चाहिने आवश्यक सामग्री खरिद गर्न नसकेको प्रयोगशालाका प्रमुख रामबिनय साहले जानकारी दिए ।