एकै दिन थपिए २०४ जना कोरोना संक्रमित



 

झापा–नेपालमा पछिल्लो २४ घण्टामा २०४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले संक्रमितको संख्या तीव्र हुँदै गएको बताए । हालसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ ।