प्रधानमन्त्री ओलीको समर्थनमा झापामा युवा तथा विद्यार्थीको धर्ना



 

बिर्तामोड–  प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नेकपाका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ताले आज पार्टी कारणले मा धर्ना दिएका छन् । प्रधानमन्त्रीको पक्षमा नाराबाजी गर्दै युवा तथा विद्यार्थी संगठनका कार्यकर्ताले नेकपाको बिर्तामोड स्थित कार्यालयमा धर्ना दिएका हुन्।

महाधिवेशन अगाडि अध्यक्षबाट हटाउने सपना नदेख्न भन्दै युवा तथा विद्यार्थीले प्रधानमन्त्री ओलीको पक्षमा  चर्को नाराबाजी गरेका थिए । युवा सङ्घका केन्द्रीय सदस्य पर्वत राजभण्डारीले महाधिवेशन अगाडि  कुनै पनि हालतमा अध्यक्ष ओली नहट्ने बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज ताम्लीले प्रधानमन्त्री ओलीमाथि निरन्तर घेराबन्दी भएको भन्दै त्यसविरुद्ध युवा तथा विद्यार्थी उत्रिएको बताए । युवा सङ्घका पूर्व केन्द्रीय सचिव राजु कार्कीले जनमतको कदर गर्न पनि प्रधानमन्त्री शर्मा ओलीलाई ५ वर्षे कार्यकाल पूरा गर्न दिनुपर्ने बताए ।