घरभाडा र व्याज छुटको माग गर्दै आन्दोलनको घोषणा



बिर्तामोड– लगाउन अवधिको व्याज र करबाट शुल्क मागगर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले पहिलो चरणको आन्दोलन अन्तर्गत माइतीघर मण्डलामा शुक्रबार तालाचाबीसहित प्रदर्शन गरिने बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण उद्योगी व्यवसायीहरु निकै कठिन अवस्थामा पुगेको उनले जानकारी दिए ।

महासंघले बन्दा बन्दी अवधिभरको ब्याज मिनाहा गर्न माग राखेको छ ।  कर्जाको किस्ता तथा ब्याज भुक्तानको भाका एकवर्षपछि सार्नुपर्ने, कर्जाको ब्याज दर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको घर भाडा छुट गर्नुपर्ने महासङ्घको माग छ ।