साउन ७ भित्र विद्युत् महसुल तिर्दा जरिवाना नलिने घोषणा



बिर्तामोड – नेपाल विद्युत प्राधिकरणले साउन ७ गते भित्र विद्युत् महसुल तिरे जरिवाना नलिने घोषणा गरेको छ । प्राधिकरणले चैत, वैशाख जेठ र असारको विद्युत महसुल साउन ७ गतेभित्र तिर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साउन ७ गतेभित्र महसुल तिरे सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने बताए । निर्धारित समयमा महसुल भुक्तानी नगरे जरिवाना लाग्ने व्यवस्था छ । लक डाउनकाे अवधि लम्बिएपछि प्राधिकरणले पनि सोही अनुसार विद्युत महसुलमा जरिवना नलाग्ने व्यवस्था गरेको हो ।