जीपी फाउण्डेशनद्वारा ज्याकेट बितरण



 

विर्तामोड– गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जीपी कोइराला फाउण्डेशन झापाले नेपाल प्रेस युनियनलाई एकसय थान प्रेस ज्याकेट दिएको छ । कोइरालाको ९६ औं जन्मजयन्तीको अवसर पारेर फाउण्डेसनले ज्याकेट दिएको हो ।

जि.पी. फाउण्डेशन झापाका अध्यक्ष बुद्धि न्यौपाने, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति पूर्णानन्द शर्मा, सचिव प्रेम सम्बाहाम्फे, फाउण्डेशनका सचिव महेन्द्र भट्टराईले नेपाल प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल र निवर्तमान सभापति कृष्ण हुमागाईलाई ज्याकेट हस्तान्तरण गरेका छन् ।