मास्कको प्रयोगबारे सचेतना कार्यक्रम सम्पन्न



 

बिर्तामोड– सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड–४ र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा मास्क लगाउने तरिका र अनिवार्यताबारे सचेतना कार्यक्रम भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी मुकुन्दप्रसाद रिजाल र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालको प्रमुख उपस्थितिमा सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी, सामुदायिक केन्द्रका पदाधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीको सहभागितामा बिर्तामोडस्थित पूर्व पश्चिम लोकमार्गमा विभिन्न सवारी साधनका चालकलाई अनिवार्य मास्क लगाउन भनिएको छ ।

पैदल यात्री र सवारी चालकलाई १५० थान मास्क बितरण गर्दै यसको उपयोगिताबारे जानकारी गराइएको छ । मास्क बिना हिँड्ने सबैलाई प्रहरी र सामुदायिकका पदाधिकारीले सचेत गराएका हुन् ।