शिवसताक्षी पूर्ण खोप सुनिश्चित नगर घोषणा



 

सतासीधाम–शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका प्रवक्ता नविन इजमले बताए । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् ।

९ सय ५४ जना बालबालिकाले खोप लगाएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ती बालबालिकामध्ये ८ सय ८७ जनाले समयमा खोप पाएका थिए । बाँकी ७१ जनालाई असार ११ देखि १६ गतेसम्म खोप लगाइएको स्वास्थ्य शाखा संयोजक हरि बिमलीले बताए ।