कर्णाली सहकारीद्वारा पीसीआर परीक्षण प्रयोगशालालाई १ लाख ११ हजार सहयोग



बिर्तामोड– जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग दिएको छ ।

‘एकका लागि एक’ अभियानद्वारा बिहीवार आयोजित कार्यक्रममा कर्णालीले उक्त रकम सहयोग गरेको हो । संस्थाका अध्यक्ष टीएस प्रधान र सचिव भूपाल बस्नेतले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी र सह संयोजक विनोद बस्नेत लगायतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नागरिकस्तरवाट स्थापना हुन लागेको प्रयोगशालाका लागि उक्त रकम प्रदान गरिएको अध्यक्ष प्रधानले बताए । यो अभियानमा जोडिन पाउँदा  खुशी लागेको सचिव बस्नेतले उल्लेख गरे ।

सहारा नेपालसहित विभिन्न २८ वटा संस्थाको सहभागितामा सुरु गरिएको अभियानमार्फत झापाको कनकाईमा पीसीआर प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ ।