पूर्ण टुङ्ग स्मृति प्रतिष्ठानद्वारा पीसीआर प्रयोगशालालाई १ लाख १ हजार सहयोग



 

बिर्तामोड– जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानले एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । ‘एकका लागि एक’ अभियानद्वारा बुधवार आयोजित कार्यक्रममा प्रतिष्ठानले उक्त रकम सहयोग गरेको हो ।

संस्थाका तर्फबाट समाजसेवी गोपालकुमार बस्नेत, श्याम बस्नेत र जीतेन्द्र बस्नेतले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी र सह संयोजक विनोद बस्नेत लगायतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नागरिकस्तरवाट स्थापना हुन लागेको प्रयोगशालाका लागि उक्त रकम प्रदान गरिएको समाजसेवी बस्नेतले बताए । ‘यो अभियानमा जोडिन पाउँदा हामी खुशी छ’, उनले भने ।