मेचीनगरका चार जना स्वास्थ्यकर्मी पुरस्कृत



मेचीनगर–कोरोनाको महामारीका बेला अहोरात्र खटिएका चार जना स्वास्थ्यकर्मीलाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ ।

विहीबार छैठौँ नगरसभामा नगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राई, टिकाराम ढकाल, कमला राजवंशी र एम्बुलेन्स चालक जंगबहादुर खड्कालाई सम्मान गरिएको हो ।

चारै जनालाई जनही पाँच हजारका दरले प्रशंसापत्रसहित सम्मान गरिएको छ। सम्मानितहरुलाई नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती लगायत कार्यपालिका सदस्यहरुले प्रशंसापत्रसहित सम्मान गरेका थिए ।