तस्करीमा संलग्न भएको आरोपमा ११ प्रहरीमाथि अनुसन्धान



मोरङ- तस्करीमा संलग्न भएको आरोपमा मोरङमा कार्यरत ११ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको छ। लक डाउन समयमा सीमा क्षेत्रमा चोरी तस्करीमा संलग्न भएको आरोप प्रहरीहरुमाथि लागेको हो

जिल्ला प्रहरी कार्यालय माेरङले सातजना र प्रदेश प्रहरी कार्यालयले चारजना प्रहरीमाथि अनुसन्धान सुरु भएको जमाएका छन् । अन्तर्देशीय सीमा तस्करीमा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत ६ जना प्रहरी चौकी डोरिया र बुद्धनगरमा कार्यरत पाँच जना गरी ११ जनालाई अनुसन्धानका लागि तानिएको छ

आरोपी प्रहरीहरूको संलग्नता पुष्टि भए उनीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले जानकारी दिए ।