महिला चेम्बरद्वारा विर्तामोडमा मास्क वितरण



 

विर्तामोड– झापाको विर्तामोडमा महिला चेम्बर अफ कमर्स झापाले सडकमा हिँड्ने यात्रुलाई निःशुल्क मास्क वितरण गरेको छ । सचेतना जगाउने उद्देश्यले माक्स नलगाई सडकमा हिँड्ने सबैलाई माक्स वितरण गरिएको महिला चेम्बर अफ कमर्स झापा अध्यक्ष प्रेमा भट्टराईले बताइन् ।

विर्तामोड नगरपालिका वडा–५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मुकुन्द रिजाल लगायतले मन्तव्य राख्दै स्वास्थ्यसँग जोडिएको विषयमा सबैले सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको औचित्यमाथि आयोजक संस्थाका अध्यक्ष भट्टराईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव शर्मिला शाक्यले गरेकी थिइन् ।

महिला चेम्बर अफ कमर्शको आयोजनामा चेम्बर अफ कमर्स, इलाका प्रहरी कार्यालय विर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा पैदल यात्रुका साथै सवारी साधनमा मास्क नलगाई हिँड्ने ८०० बढी यात्रुलाई मास्क वितरण गरिएको छ ।