मेची प्रादेशिक अस्पतालमा प्रयोगशाला स्थापनाको तयारी



 

बिर्तामोड– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रयोगशाला स्थापनाका लागि सबै व्यवस्थापकीय तयारी पूरा भएको अस्पतालले जनाएको हो ।

मेसिन आए परीक्षण शुरु हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताए । मेसिनबाहेक प्रयोगशलाका लागि चाहिने सामग्री व्यवस्थापन गर्न अस्पतालले प्रदेश सरकारसँग ३६ लाख रुपैयाँ मागेको छ ।

मेसिनको क्षमता अनुसार पीसीआर परीक्षण हुनेछ । सानो पोर्टेवल मेसिनले ४० वटा र ठूलो अटोमेटिक मेसिनले दैनिक ४०० स्वाब परीक्षण गर्ने क्षमता राख्छ ।