प्रधानसेनापतिद्वारा प्रहरी महानिरीक्षक थापालाई बधाई



बिर्तामोड- नेपाली सेनाले नवनियुक्त प्रहरी महानिरीक्षक  शैलेश थापा क्षेत्रीलाई बधाई दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई बधाई दिएका हुन् ।

प्रहरी हेडक्वार्टरमा भएको भेटमा प्रधानसेनापति थापाले सफल कार्यकालको शुभकामना दिएका छन् । भेटमा आपसी हित र सहकार्यका विषयमा समेत छलफल भएको छ । नेपालको २८ औं प्रहरी महानिरीक्षक रुपमा थापा चारदिनअघि नियुक्त भएका थिए ।