बाढी पहिरोमा २४ जनाको मृत्यु, ३७ जना बेपत्ता



 

बिर्तामोड – लगातारको वर्षापछि आएको बाढी पहिरोमा परेर एकै दिन २४ जनाको मृत्य भएको छ। ३७ जना बेपत्ता भएका छन् । देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर उनीहरूको ज्यान गएको हो ।

पहिरोमा परेर कास्कीमा ७ जनाको मृत्य भाकोछ ८ जना घाइते भएका छन् । म्याग्दीमा तीन जनाको मृत्यु भएको छ । ३१ जना हराइरहेको प्रहरीले जनाको छ।

जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ५ जना हराइरहेका छन् । धुमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

लमजुङमा ३, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकमा बिहीबार बाढी र पहिरोमा परी हराइरहेका २१ जनाको शुक्रबार पनि खोजी भएको छ ।