१०० मा किनेर ५० मा बेच्ने तयारी



 

अर्जुनधारा– झापाको अर्जुनधारा नगरपालिकाले प्रतिकिलो १०० रुपैयाँमा सलह कीरा किन्ने भएको छ । कृषि क्षेत्रमा हुने क्षति न्युनिकरणका लागि नगरपालिकाले सलह किन्ने निर्णय गरेको हो ।

कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना अघि सारिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख हरिकुमार रानाले सलक किन्न नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

नगरले खरिद गरेको सलह कीरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले दाना उद्योगलाई दिने जनाएको छ ।