कोरोना संक्रमणबाट छ सय जना नर्सको मृत्यु



 

झापा–कोरोना भाइरस रोग महामारीबाट संसारभर ६ सय नर्सको मृत्यु र २ लाख ३० हजार स्वास्थ्यकर्मी संक्रमित भएको देखिएको छ।महामारी फैलिँदै जाँदा उपचारमा खटिने स्वास्थ्य जनशक्तिको संक्रमण र मृत्युदरसमेत बढ्दै गएको सन्दर्भमा भएको एक अध्ययनले यस्तो नतिजा देखिएको हो।

‘द इन्टरनेसनल काउन्सिल अफ नर्सेस’ (आइसिएन) ले सार्वजनिक गरेको प्रतिवेदनले स्वास्थ्य जनशक्तिलाई सुरक्षा सामग्रीको उपलब्धता बढाउनसमेत आह्वान गरेको छ।

काउन्सिलले पेसागत रूपमा कुनै छुट्टै आंकडा राख्न नगरिए पनि सञ्चारमाध्यममा आएका रिपोर्ट, केही देशका नर्सका संघसंस्थाका प्रतिवेदनलगायतमा आधारित भएर यो तथ्यांक निकाले जनाएको छ। प्रतिवेदनले संसारभर २ लाख ३० हजार स्वास्थ्यकर्मी संक्रमित भएको र तीमध्ये ६ सय नर्सको मृत्यु भएको जनाएको छ।