कनकाई नदीमा बाढी, चार घरपरिवार विस्थापित



 

झापा– कनकाई नदीमा आएको बाढीले नदी छेउका बस्ती कटान गर्दा झापाको शिवसताक्षी–१० सुकुम्बासी टोलमा चार घर विस्थापित भएका छन्।

स्थानीय प्रेमप्रसाद उप्रेती, तारा लिम्वु, हरिमाया ऋषिदेव र लालु मुसहरको परिवार विस्थापित भएको हो । घर जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस झापाले जनाएको छ।

विस्थापित घर परिवारलाई दुई÷दुई वटा त्रिपाल दिइएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए । कनकाईमा पानीको बहाव बढेकाले अरु घर पनि जोखिममा परेका छन् ।