२४ घण्टामा थपिए ७० जना कोरोना संक्रमित



 

झापा–नेपालमा पछिल्लो २४ घण्टामा ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितको संख्या थपिँदै गएको बताए । हालसम्म देशभर संक्रमितको संख्या १६७१९ पुगेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् ।

कोरोना जित्नेको संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।