जग्गादाता घिमिरे परिवारलाई बुधबारे जेसीजको सम्मान



 

बुधबारे । बुधबारे जेसीजलाई निशुल्क जग्गा उपलब्ध गराउने बुद्धशान्ति–१ का ज्ञानेन्द्रप्रसाद घिमिरेको परिवारलाई शनिवार बुधबारे जेसीजले सम्मान गरेको छ । घिमिरेले आमा छलिमाया घिमिरेको स्मृतिमा बुधबारे जेसीजलाई १० लाख मूल्य बराबरको १० धुर जग्गा निशुल्क जग्गा उपलब्ध गराएका थिए ।

घिमिरे नमूना आधारभूत बिद्यालय बुद्धशान्ति–१ का प्रधानाध्यापक हुन् । उनकी आमा छलिमायाको २०५८ सालमा निधन भएको थियो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति–१ का अध्यक्ष भिमकुमार नेवारको प्रमुख अतिथ्यता रहेको थियो ।

बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा जग्गादाता ज्ञानेन्द्र प्रसाद घिमिरे, संस्थापक अध्यक्ष जेसी प्रकाश सिवाकोटी, प्रमुख अतिथि नेवार लगायतले मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि नेवारले जग्गादातालाई धन्यवाद दिँदै भवन बनाउन विषयमा सहयोग रहेने बताए । जग्गादाता घिमिरेले भावुक हुँदै स्वर्गीय आमाको नाममा बुधबारे जेसीजलाई जग्गा दिँदा परिवारलाई गर्व लागेको बताए । संस्थापक अध्यक्ष जेसी शिवाकोटीले जग्गादातालाई धन्यवाद दिँदै युवाहरूका लागि जग्गादाता परिवारले अमूल्य योगदान गरेको बताए ।

सचिव जेसी अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा जग्गादाता परिवारबाट स्वर्गीय आमा छलिमाया घिमिरेकी बुहारी टीका घिमिरे, नाति अनिल घिमिरे, बुहारी मिना रिमाल, नाति अर्जुन घिमिरेको आतिथ्यता थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष जेसी फडिन्द्र चापागाईं, पूर्व अध्यक्ष जेसी रमेश बराल, पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारी, निवर्तमान अध्यक्ष जेसी हेमन्तराज बराल, उपाध्यक्ष जेसी सुजित बराल, पिआरओ जेसी चन्द्र वाग्ले, जेसी अर्जुन ढकाल, एलिन तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।