बिरीङको बाढीमा पौडी खेल्दा गणेशको मृत्यु



 

बिर्तामोड– विरिङ खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको हो ।

मलामी गएका उनलाई पौडी खेल्ने क्रममा विरिङ खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तीन किलोमिटर तल खोला किनारमा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

मेची नदीले बगाएर भद्रपुर–३ का ३३ वर्षीय हिरण राई वेपत्ता छन् । उनलाई दिउँसो नुहाउने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ । मेची नदीले बगाएर वेपत्ता बनेका राईको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।