बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन



बिर्तामोड– बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन भएको छ । असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित १ अर्ब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जस अन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूँजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षाबापत १७ करोडको खर्च हुने छ ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पवित्रादेबी महतारा प्रसाईले सो वरावरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नगरसभामा प्रस्तावित बजेट, नीति, कार्यक्रममाथि १० बटै वडाका अध्यक्षहरुले आ–आफ्नो वडाको बजेट सिलिंग प्रस्तुत गर्दे आफ्नो वडाको विकासका योजना पेश गरेका थिए ।

नगरसभामा विभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाव पेश गरेका थिए । बिर्तामोड नगरपालिकाले प्रत्येक वडालाई १ करोडको सिलिंग दिएको थियो । सो सिलिंग अन्तरगत रहेर वडाले बजेट पेश गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।