बैङ्कर गीतकारको ‘म बिनाको संसार’ सार्वजनिक



 

बिर्तामोड– गीतकार गौतम डंगोल ‘सन्देश’ को नयाँ गीत सार्वजनिक भएको छ । उनले बिहीवार ‘म विनाको संसार’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । भूगोल दाहालको स्वर तथा भीषण निरौलाको सङ्गीत रहेको गीतमा सुमित आर्य र रोमी बस्नेतले सङ्गीत संयोजन गरेका छन् ।

बैङ्किङ क्षेत्रमा आफ्नो क्यारियर बनाएका डङ्गोलले यसअघि पनि दर्जन भन्दाबढी गीत सार्वजनिक गरिसकेका छन् । लेखकीय भूमिकामा बेला–बेला सञ्चारमाध्यममा छाइरहने डङ्गोलको गीत नेवारी भाषामा पनि छ । डेढदशकदेखि बैङ्किङ क्षेत्रमा सक्रिय डङ्गोल एनआइसी एशियाको प्रबन्धक हुन् ।

पछिल्लो यो गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सुमित आर्यले गरेका छन्। उनका गीतमा शक्ति बल्लभ, सचिन सिंह, फनिन्द्र राई, मनोहर सुनाम, हेम लामा, झुमा निरौला, गोबिन्द गुरूङ्ग, रीमा गुरूङ्ग, डेनी निरौला, भुगोल दहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदीप श्रेष्ठ, मनोहर सुनाम, किरण कँडेल लगायतले कम्पोज, अरेन्ज तथा स्वर भरिसकेका छन् ।